Rumjatar Boudha Gumba
Foudnation

विनम्र अनुरोध ‘ कार्यक्रम सफल बनाउनु तपाई सम्पुर्णको भौतिक नैतिक आर्थिक साथ सहयोगको अपेक्षा गर्दछौँ ।

हार्दिक सूचना तथा निमन्त्रणा ।।

यहीँ मिति २०८१ साल भदौ महिनाको २८ बाट रुम्जाटार बौद्ध गुम्बा फाउन्डेसनमा बौद्ध धर्म ग्रन्थ, बुम (ह्युम) प्रज्ञापारमिता पाठ धर्म गुरुहरुबाट वाचन भई, असोज २ गते सम्म कार्यक्रम हुने निश्चित भएकोले तपाईं सम्पुर्णमा विनम्र आमन्त्रण गर्दछौँ ।
कार्यक्रम तालिका
भदौ २८ गते, स्वच्छ धर्म ग्रन्थको पाठ शुभारम्भ । भदौ २९ गतेबाट दैनिक प्रज्ञापारमिताको पाठन पुजा सादै धर्म गुरुहरुबाट प्रवचन ।

असोज २ गते बुद्ध पुजा वाङ अभिषेक तथा प्रसाद ग्रहण धन्यवाद अर्पण संगै कार्यक्रम विसर्जन ।

भदौ ७ गते बुद्ध पुजा वाङ अभिषेक तथा प्रसाद ग्रहण धन्यवाद अर्पण संगै कार्यक्रम विसर्जन ।

/ विनम्र अनुरोध ' कार्यक्रम सफल बनाउनु तपाई सम्पुर्णको भौतिक नैतिक आर्थिक साथ सहयोगको अपेक्षा गर्दछौँ ।

बुम (ह्युम) प्रज्ञा पारमिता भन्नाले ,,, ?

शाक्यमुनि गौतम बुद्धले मनुष्य लोकमा नेयार्थमा ८० बर्ष बसाइँको क्रममा ४५ बर्ष सम्म देव, नाग मनुष्य लगायत समस्त प्रणिहरुको लागि दुखहरुको कारक राग द्वेष मोह अंह ईष्र्या(क्लेस) बाट छुटकारा मुक्त हुने तरिका उपया सत् कर्म प्रचारप्रसार गर्नु भएको थियो ।

ती स्वर्णिम युगको बहुमुल्य दुर्लभ दर्शन हरुलाई महयानी मतमा
मुख्यतः तिन तह भागमा आधारित रहेको पाउदछौ ।
जसलाई तिन धर्मचक्र प्रवर्द्धन भनिन्छ ( ཆོས་འཁོར་རིམ་པ་གསུམ་། छ्योखोर रिम्पा सुम्) जस मध्ये बुम्, ह्युम दोस्रो धर्म चक्र प्रवर्द्धन अन्तरगत पर्दछ।
दोस्रो धर्म चक्र प्रवर्द्धन (ངེས་དོན་ ङेदोन)नीतार्थमा आधारित प्रज्ञा पारमिता राजगृह भारतको गिद्धकुट पर्वतमा,गर्नु भएको थियो ।
मुख्यत: यो ग्रन्थमा पारमिताहरुको ब्याख्या गरिएको छ ।
यसको व्याख्या शतसाहस्रिका प्रज्ञापारमिता हो यसलाई हिमालय क्षेत्रमा बुम भन्दछन् बुम् सब्दको अर्थ लाख भन्ने बुझिन्छ, यस ग्रन्थमा एक लाख वटा श्लोक भएको कारण बुम् अर्थात लाख भनिएको हो । अर्को नाम ह्युम भनेको आमा भन्ने अर्थ लाग्दछ ।
बौद्ध दर्शनको मुख्य ग्रन्थ त्रीपिटक पनि
बुम (ह्युम) भित्र सबै संग्रहित रहेको छ।
तर सामान्यतया बुम त्रिपीटक मध्ये मुख्यत सुत्र पीटक हो,
सुत्र पीटकमा पनि सुत्र पिटकको विनय सुत्रपिटकको सुत्र अनि सुत्र पिटकको अभिधर्म अन्तरगत
पर्दछ किन भने यसको बिषयबस्तू प्रज्ञापारमिता शून्यताको दर्शन सुत्र एवम् अभिधर्मको गम्भिर बिषय हो।
यस ग्रन्थको मुल बिषय बस्तू सुन्यता र प्रज्ञापारमिता हो जसअनुसार ६ परमिता हरु ,,,
१) दान पारमिता
२) शील पारमिता
३) क्षान्ती पारमीता
४) वीर्य पारमीता
5)ध्यान पारमिता
६) प्रज्ञा पारमिता
अनि चार पारमिता १) उपाय पारमिता२) प्राणिधान पारमिता ३) बल पारमिता ४) ज्ञान पारमिता , जम्मा दश पारमिता ।।
दश मध्ये मुख्यतः छ पारमिताको क्रमबद्ध तरिकाले यो अति उत्तकृष्ट मार्ग उपया यी,छ अनि दशको अनुसरण अभ्यास द्वारा प्रज्ञा द्वारा वास्तविकताको बोध बिना कसैले पनि बुद्ध ज्ञान प्राप्त गर्न सक्दैन, सम्पुर्ण बुद्ध तथा बोधिसत्वहरुले यीनै प्रज्ञाकै अभ्यास बाट ज्ञान प्राप्त गर्नु भएको थियो त्यसैले प्रज्ञा ज्ञानको जन्म दाता हुनुकै कारण (ह्युम .माता ) आमा भनिएको हो ।मुख्यतः प्रज्ञा तीन प्रकारको रहेको छ जस्तै,,
१) श्रवणमयी प्रज्ञा
२) चिन्तनमयी प्रज्ञा
३) भावनमयी प्रज्ञा ।
सत गुरुहरुबाट सम्याक धर्म सुन्ने अनि त्यसमा आफै चिन्तन मनन सहि गलतको अनुसन्धान पश्चात् ध्यान अभ्यास गरेर वास्तविकताको पहिचानमा प्रज्ञाको उजागर हुन्छ
प्रज्ञा बिबेक हो ,
कुशल सत् कर्म र अकुशल कुकर्मलाई पहिचान गरि कुकर्म लाई त्याग र सतकर्मलाई अंगिकार गर्न सक्ने, सिकाउने बिबेक,उपयाहरु प्रज्ञाको अनुसरण बाट प्रात गर्न सकिन्छ ।

जुन तथागत बुद्ध स्यांमले बताउनु भएकोले अति सत्य अकाट्य वचन हरु हुनाने ती पवित्र श्लोक सब्द हरु बाचन प्रचारप्रसार तथा सब्द श्लोक हरुको बाचन श्रवण तथा अभ्यासको सत्यता सिद्धताले प्रणिहरुलाई प्रज्ञाको चाक्षु ज्ञान प्राप सत् मार्ग सत् कर्म हरुको निरन्तरताको हेतुफलले सम्याक् संबुद्धको ज्ञान प्राप्त तथा मोक्ष हेतु उजागर हुने गुण फाईदा हरु हुन्छ बुम अर्थात प्रज्ञा पारमितामा , ,

// यसको ऐतिहासिक मुल ग्रन्थ जुन २२१७ बाईस सय सत्र बर्ष पुरानो चाहिँ अहिले काठमाडौं ठमेलको विक्रमशिल विहार भगवान बहालमा रन्जाना लिपि जुन नेपालको राष्ट्रिय लिपि हो ।
जुन गुम्बा बौद्धको परिक्रमा गर्दा घुमाउने(मनिखोर्लो) मणि चक्रमा कुदिएको पनि रन्जना लिपि नै हो । यसै लिपिमा स्वर्ण सुनको अक्षरले लेखिएको हाल अहिले पनि विहार व्यवस्थापनको केही सर्त पूरा गरेमा प्रत्यक्ष देख्न दर्शन गर्न सकिन्छ ।

यो ऐतिहासिक प्रज्ञापारमिताको अनुवादित बुम ( ह्युम) हिमालय क्षेत्रको प्रतेक गुम्बामा रहेको हुन्छ ।।
✍ Sange Legden Gurung Bhupen

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top